डडेल्धुराको आलितालले कार्यसम्पादन राम्रो नभएका करार सेवाका कर्मचारी हटाउने

डडेल्धुराको आलिताल गाउँपालिकाले करार सेवाका कर्मचारी हटाउने निर्णय गरेको छ। भाद्र १७ गते बसेको गाउँपालिकाको कार्यपालिकाले बैठकले करार सेवामा कार्यरत ५ जना कर्मचारीको भाद्र मासन्तबाट म्याद थप नर्ने निर्णय गरेको छ।

कृषि शाखामा कार्यरत कृषि स्नातक त्रिभुवन भट्ट, कृषि प्राविधिक हेमराज जोशी, भेटेरेनरी प्राविधिक हरि प्रशाद जोशी, सामाजिक परिचालक शिद्धराज भट्ट, अपरेडर लाल बहादुर ठडाली मगरको करार अवधि थप नगर्ने निर्ण भएको प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र ठगुन्नाले बताए। कार्यसम्पादन राम्रो नभएकाले कार्यपालिकाले म्याद थप नगर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत ठगुन्नाले बताए।

आन्तरिक राजस्व न्युन भएपछि अधिकाश स्थानीय तहले करारका कर्मचारी हटाउन थालेका छन्। जिल्लाको केही स्थानीय तहले करार अवधि थप्ने वा नथप्ने बिषयमा अहिलेसम्म निर्णय गरेका छैन् । करारको कर्मचारीको असारपछि म्याद थप नभएपनि हाजिर लगाएर कामकाज गरिरहेका छन्। उनीहरू अलमलमा छन्।

राजनितीक स्वार्थका कारण पनी करारका कर्मचारीलाइ समस्या उत्पन भएको छ।

Leave A Reply

Your email address will not be published.