बैतडी: डडेल्धुराको भागेश्वर गाउँपालिका-१ रुपाल पत्रममा रहेको कैलपाल माविमा भलिबल प्रतियोगिता हुने भएको छ। कार्तिक १५ र १६ गते दुई दिने खुल्ला पुरुष भलिबल प्रतियोगितामा हुने भएको हो।
कैलपाल माविको खेल मैदानमा हुने भलिबल प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार नगद सहित मेडल र प्रमाणपत्र पनि प्रदान गरिनेछ। यस्तै प्रतियोगिताको दृतीय पुरस्कार १० हजार नगद सहित मेडल र प्रमाणपत्र रहेको छ भने तृतीय पुरस्कार ६ हजार नगदसहित मेडल र प्रमाणपत्र रहेको विद्यालयका शिक्षक शङ्कर दत्त भट्टले बताएका छन्।
प्रतियोगितामा सहभागी हुने खेलाडीले खाना र बस्नको व्यवस्था स्वयमले गर्नुपर्ने आयोजकले जनाएको छ। खुल्ला पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूले कार्तिक १४ गतेसम्म टिम दर्ता गर्न विद्यालयले प्रकाशित गरेको एक सूचनामा उल्लेख गरिएको छ।
