बैतडी- अजयमेरु गाउँपालिका वडा न ५ मा पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियो प्रतियोगिता हुने भएको छ। वडा.न ५ ले कार्तिक २६,२७ र २८ गते पालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको वडा अध्यक्ष राज पालले जानकारी दिनुभयो ।
तीन दिन सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेल अजयमेरु गाउँपालिका ५स्थित देवल माविको प्रांगणमा हुनेछन ।प्रतियोगिताका लागि सहभागी टोलीको दर्ता प्रक्रिया जारी रहेको खेलकुद प्रशिक्षक ओम प्रकाश पन्तले बताउनुभयो ।टिम दर्ता कार्तिक २५ गतेसम्म गर्न सकिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रथम हुने टिमलाई ट्रफी मेडल सहित ५१ हजार १ सय ११, द्धितीयलाई ३१ हजार १ सय ११, तेस्रोलाई १३ हजार ३ सय १३ र ,सात्वना हुनेलाई ६ हजार १ सय ११ नगद सहित, मेडल र प्रमाणपत्र प्रदान गरिने वडा सचिव विरेन्द्र पालले बताउनुभयो।
खेलमा पालिकाभित्रका खेलाडी समावेश गरेर स्थानीय तह, संघ र संस्था, क्लबले टिम दर्ता गराउन सक्ने जनाईएको छ ।
साथै प्रतियोगिता अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति समेत दिने वडा अध्यक्ष राज पालले जानकारी दिनुभयो ।