डडेल्धुराको परशुराम ८ मा अध्यक्षकप भलिवल प्रतियोगिता सुरु

डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ८ को आयोजनामा छैटौं पुरुष र तेस्रो महिला भलिवल प्रतियोगिता सुरुल भएको छ। नगरपालिकाको स्वीकृत कार्यक्रम अन्तरगत वडा नं. ८ कै बैजनाथ माध्यमिक विद्यालय जमरानीको प्राङ्गणमा प्रतियोगिता उदघाटन भएको हो।

वडा नं. ८ का अध्यक्ष दिनेश प्रशाद जोशीको अध्यक्ष तथा जिल्ला समन्वय समिति सदस्य लिला धामीको प्रमुख आतिथ्यतामा प्रतियोगिता उदघाटन भएको हो। वडा भित्रका ६ महिला ५ पुरुष गरि ११ टिमको प्रतियोगितामा सहभागीता रहेको छ।

मौसम प्रतिकुलताका कारण आज उदघाटनमा आयोजक वडा नं. ८ र बैजनाथ माध्यमिक विद्यालय विच पहिलो खेल सम्पन्न भएको हो। पहिलो खेल बैजनाथ माबिले जितेको प्रतियोगिताका प्रमुख रेफ्रि जय वहादुर महराले जानकारी दिनु भएको छ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने टिमलाई नगद २५ हजार सहित ट्रफि मेडल र प्रमाण-पत्र, दोस्रोलाई नगद १८ हजार सहित ट्रफि ,मेडल र प्रमाण-पत्र र तेस्रो हुने टिमलाई नगद १२ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ

महिला तर्फ प्रथम पुरुस्कार नगद १५ हजार सहित, ट्रफि, मेडल र प्रमाण-पत्र, दोस्रो हुने टिमलाई नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाण-पत्र त्यसै गरि तेस्रो हुने समुहलाइ नगद ७ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ।

खेल अवधिभर विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई समेत पुरुस्कृत र सम्मान गरिने भएको छ।

Leave A Reply

Your email address will not be published.