डडेल्धुरा: परशुराम नगरपालिकाको वडामा नै सम्झौता कार्य सम्पन्न भएको छ।
परशुराम नगरपालिका वडा नं. १० वाट सुरु गरेको उक्त अभियान परशुराम नगरपालिका वडा नं. ५ परिगाउमा आइतवार सम्पन्न भएको छ। यस अभियान अन्तरगत वडामै गई नगरपालिकाले १ सय ५१ योजना आर्थिक वर्ष २०८१/०८२ मा उपभोक्ता समिति मार्फत सम्पन्न गर्ने गरि सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले जानकारी दिनु भएको छ।
भट्टका अनुसार यो आर्थिक वर्षमा १ सय ५१ योजना उपभोक्ता समिति मार्फत गर्ने गरि वडामा नै सम्झौता गरिएको छ। जसका कारण नागरिकलाई वडामा नै नगरको सेवा पुगेको स्थानीय नागरिकको भनाइ छ।
स्थानीय स्तरमा नागरिकको सेवाका लागि नगरपालिकाले वडामा भुक्तानी र सामाजिक सुरक्षा भत्ता वितरणको समेत अभ्यास सुरु गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत भट्टले वताए। परशुराम नगरपालिकामा १२ वडा रहेका छन भने यहाको मुख्यतया परशुराममा खानेपानी, सिचाइ, पोखरी खेल मैदान, मठ मन्दिर र विद्यालयका १० लाख वजेट भित्रका मात्रै उपभोक्ता मार्फत सञ्चालन हुने गरेका छन।