डडेल्धुराको अजयमेरु गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

डडेल्धुराको अजयमेरु गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएको छ। प्रतिगिताको उपाधी देवल मावि अजयमेरु गाउँपालिका-४ चिपुरले जितेको छ।

देवल मावि गोल्ड ११, रजत १२, काश्य ६ प्राप्त गरेर प्रथम स्थानमा पुगेको छ। द्बितिय सहश्रलिङ्ग मावि स्वर्ण ९, रजत १२, कास्य ८ द्वितीय भएको छ।

त्यसैगरी तृतिय मणिलेक मावि स्वर्ण ९ रजत ५ कास्य १२,भरतपुर मावि स्वर्ण ४ रजत ३ कास्य ३ बालकल्याण मावि स्वर्ण ४ रजत १ कास्य १३,भद्रपुर मावि स्वर्ण ३ रजत ४ कास्य ४ प्रात गरेका छन।

प्रतियोगितामा विभिन्न स्थान प्राप्त गर्ने खेलाडीहरुलाइ पुरस्कार,मेडल तथा प्रमाणपत्र प्रदान गर्दै गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्ट विकासले सम्मापन गरिएको अजयमेरु गाउँपालिकाले जनाएको छ।

चनबेताल खेलमैदानमा गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्ट ९विकास०ले उद्घाटन गरेको प्रतियोगिता दुई दिनसम्म पौष १६ र १७ गते सम्म संचालन भइ बिहिवार १७ गते समापन भएको हो। गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरेर राष्ट्रपति रनिङ शिल्ड आयोजना गरेको हो।

Leave A Reply

Your email address will not be published.