डडेल्धुरामा जलेर एक महिला घाइते

डडेल्धुरा-डडेल्धुरमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते भएकी छन्। जिल्लाको अमरगढी नगरपालिका–१ भेटाकी ८० वर्षीया चन्दादेबि ऐर जलेर घाइते भएकी हुन्।

आफ्नै घरमा आगो ताप्ने क्रममा ऐरले लगाएको कपडामा अचानक आगो लाग्दा उनी जलेर घाइते भएकी हुन्। घाइते चन्द्रदेवीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Leave A Reply

Your email address will not be published.