डडेल्धुरामा भिरबाट लडेर एक महिला घाइते

डडेल्धुरामा भिरबाट लडेर एक महिला घाइते भएकी छन्।जिल्लाको नवदुर्गा गाउँपालिका–३ मतिकाँडाकी ७७ वर्षीया नन्दादेबि सिंह जंगलमा बाख्रा चराउने क्रममा भिरबाट लडेर घाइते भएकी हुन्। घाइते सिंहको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Leave A Reply

Your email address will not be published.