लेख्दा लेख्दै गजल मुक्तक पार न हुने भयो ।
गरीब दुखिको कहिल्यै सरकार न हुने भयो ।।भित्र भित्रै ढुकुटी देशको, खोक्रो बनायौ अनि ।
भन्छौ अझै पेट पाल्ने आधार न हुने भयो ।।डिग्री पढेका युवाले पनि बिदेसिने सोच गरे ।
देशमै बसेर युवालाई रोजगार न हुने भयो ।।मान्छेको हत्त्या समेत गरेर तिमी छुट्न थाल्यो ।
बलत्कार भएकि चेलिको ऊदार न हुने भयो ।।मंत्री ज्यु टाउको दुःखेकै दिन बिदेश गैहाल्छौ ।
समयमै गरीब जनताको उपचार न हुने भयो ।।
पुजा चन्द
पञ्चेश्वर गाउँपालिका ४, बैतडी । हाल कञ्चनपुर।