कञ्चनपुरमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजना गम्भीर घाइते
कञ्चनपुरमा स्कुल बसले मोटरसाइकल लाई ठक्कर दिदा एक जना गम्भीर घाइते भएका छन ।
कञ्चनपुर-कञ्चनपुरमा स्कुल बसले मोटरसाइकल लाई ठक्कर दिदा एक जना गम्भीर घाइते भएका छन । जिल्लाको पुनर्वास नगरपालिका-३ रामबस्तिमा आईतबार बिहान स्कुल बसले मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकलमा सवार सोही ठाउका ४४ वर्षीय रमेश तामाङ घाइते भएका हुन ।
धनगढी उपमहानगरपालिकामा रहेको त्रिस्टल बोर्डिङ स्कुलको सुपप्र ०१-००१ प. २१३३ नम्बरको बसको ठक्करबाट से.२ प. ६३०९नम्बरको मोटरसाईकलमा सवार तामाङ गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक महेश विक्रम शाहीले जानकारी दिए ।दुर्घट्नापछि बस चालक घटना स्थलमै बस छोडेर भागेको स्थानियले बताएका छन्।
घाइते तामाङको माया मेट्रो हस्पिटलमा उपचार भईरहेको र अवस्था गम्भिर रहेको जनाइएको छ। बसलाई घटना स्थलबाट नियन्त्रण मा लिई ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा राखिएको छ भने बसका चालक प्रेमसिँह राना पनि प्रहरीको सम्पर्कमा आईसकेको ईलाका प्रहरी कार्यालय प्रमुख शाहीले जानकारी दिनुभयो ।