डडेल्धुराको खतेडामा बर्थिङ सेन्टर भवन निमार्णका लागि राज्य मन्त्री खड्काद्धारा सिलान्यास

डडेल्धुरा- जिल्लाको अजयमेरु गाउँपालिका वडा नं-१ खतेडामा बर्थिङ सेन्टर निमार्णका लागिआईतबार सिलान्यास गरिएको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको बर्थिङ सेन्टर न्युनतम पूर्वाधार अन्र्तगत २ कोठे भवन रु २५ लाखमा निमार्ण हुने नेपाली काँग्रेस अजयमेरु गाउँपालिका सभापति टेकराज पाण्डेयले जानकारी दिए ।

उक्त क्षेत्रमा बर्थिङ सेन्टर सञ्चालन भएमा अजयमेरु गाउँपालिकाको वडा नं- १ लगायतका क्षेत्रहरुलाई समेत सहज हुने पाण्डेयले वताए ।उक्त क्षेत्रमा बर्थिङ सेन्टर नहुँदा गर्ववती तथा सुत्केरीहरुले २ देखि ३ घण्टा पछि मात्र गर्ववती तथा सुत्केरी सेवा लिँदै आएका छन ।

उक्त भवनको सिलान्यास गर्दे सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्य मन्त्री सरस्वती खड्काले महिलाहरुको पिडालाई यसै माध्यमबाट समाधान गर्न आफुले प्रदेशका ९ वटै जिल्लामा यो अभियान लैजाने वताईन ।

साथै राज्य मन्त्री खड्काले आफुले धेरै वर्ष अघाडी डा.तारानाथ शर्माको घनघस्याको उकालो काट्ता पढेको स्मरण गर्दै भनिन घनघस्या क्षेत्रलाई पैदलमार्गका रुपमा पर्यटकीय दृष्टिकोणमा विकास गर्न , यस क्षेत्रमा भएका असंख्यौ जडिबुटिहरुलाई स्थानीयको आयस्रोत संग जोडन आफुले सक्दो पहल गर्ने छु ।

राज्य मन्त्री खड्काले लेकाली क्षेत्रमा रहेका बस्तीहरु जोडन अनारखोली,खतेडा, देवल सडकका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन ।

Leave A Reply

Your email address will not be published.