बैतडी-डडेल्धुराको भागेश्वर गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ। सामाजिक विकास कार्यालय डडेल्धुराको आयोजनामा र भागेश्वर गाउँपालिका सँगको साझेदारीमा सरोकारवालाहरुसंग अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनका लागि १ दिने अन्तरक्रिया तथा सहजिकरण गरिएको हो ।
समाजिक विकास कार्यालय डडेल्धुराले विहिबार पालिकाका प्रमुख, शिक्षा शाखा प्रमुख तथा सरोकारवालाहरुको उपस्थितिामा अभिमुखीकरण गरेको शिक्षा शाखा प्रमुख गणेश पौडेलले बताउनुभयो।
कार्यक्रम समाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख राधाकृष्ण जोशीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष हेम राज चटौत र बिशिष्ट अतिथिमा उपाध्यक्ष पुष्पा ठकुराठी रहेका थिए ।
सम्पूर्ण नागरिकले अनिवार्य रुपमा प्राप्त गर्ने वातावरण सिर्जना गर्न सरोकारवाला सबै लाग्नुपर्ने भन्दै उहाँले नागरिकको शिक्षा पाउने हक सुनिश्चित गर्न नेपालको संविधान २०७२ ले प्रदान गरेको सम्पूर्ण बालबालिकाहरुले आधारभूत तह सम्मको निःशुल्क र अनिवार्य लिने व्यवस्था गर्नका लागि निःशुल्क तथा अनिवार्य शिक्षा ऐन २०७५ जारी भइसकेको पालिकाका समाजिक विकास समितिका संयोजक डम्बर राज जोशीले बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष ,कार्यपालिका सदस्य,सामुदायिक बिधालयका प्रधानाध्यापक ,बिधालय ब्यबस्थापन समितिका अध्यक्ष,शिक्षक अभिभावक संघका अध्यक्ष,अभिभावक,बालक्लबका पदाधिकारी लगायतकोको सहभागीता रहेको थियो ।