बैतडीको मेलौलीमा बालविवाह अन्त्यका लागि समिक्षा बैठक सम्पन्न

बैतडी : मेलौलीमा बालविवाह अन्त्यका लागि एकदिने समिक्षा बैठक सम्पन्न भएको छ। मेलौली नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।

दलित समाज विकास मञ्चको आयोजनामा एकदिने समिक्षा बैठक सम्पन्न भएको कार्यक्रम संयोजक सुरेश सेरालाले बताउनुभयो। छिटो मिलन रोकथाम परियोजनाको आर्थीक वर्ष २०८१/०८२ को बालविवाह अन्त्य सम्बन्धी समिक्षा गरिएको सेरालाले जानकारी दिनुभयो।

कार्यक्रम आयोजक संस्थाका सचिव बलभद्र दयालको अध्यक्षता तथा मेलौली नगरपालिकाका नगर-प्रमुख भिम बहादुर चन्द प्रमुख आतिथि रहनु भएको थियो। यसैगरी नगर उप–प्रमुख पार्वती बोहरा बिष्ट बिशिष्ट अतिथि, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, वडासदस्यहरु, बिभिन्न विद्यालयका प्रधानाध्यापकहरु, सुरक्षाकर्मी र पत्रकारहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको बारेमा दलित समाज विकास मञ्च बैतडीका कार्यक्रम सयोजक सेरालाले प्रकास पार्नुभएको थियो।

No description available.

Leave A Reply

Your email address will not be published.