बैतडीको पञ्चेश्वरमा हिंसा पिडितसगं न्यायिक प्रशिक्षण सम्पन्न

बैतडीको पञ्चेश्वरमा हिंसा पिडितसंग न्यायिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको वडा नं. ५ स्थित गणमेश्वर आधारभुत विद्यालयमा हिंसा पिडितसगं न्यायिक समिति तथा न्यायिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

न्यायिक समितिले न्यायमा पहुँच वृद्धिका लागी सो कार्यक्रम सञ्चालन गरिएको न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष विना भट्टले बताउनुभयो। न्यायिक समिति एवं सरोकारवाला मार्फत बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्ग, असहाय, असक्षम तथा आर्थिक एवं सामाजिक कारणबाट न्यायको खोजी गर्न नसकेका व्यक्तिको सहज पहुँचलाई सुनिश्चित गर्ने र गराउने लक्ष्यका साथ अन्तरक्रिया कार्यक्रम गरिएको उपाध्यक्ष भट्टले जानकारी दिनुभयो।

न्यायिक समितिमा उजुरी पेश गर्दा आवश्यक कागजातको तयारी कसरी गर्ने भन्ने र हिंसा, विभेदका घटनाका विषयमा जानकारी गरिएको थियो। कार्यक्रम गाउँपालिका उपाध्यक्ष भट्टको प्रमुख अतिथ्य तथा गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दको बिशिष्ट आतिथ्यमा सञ्चालन गरिएको थियो।

यसैगरी कार्यक्रममा ईलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीका प्रमुख नरेन्द्र बहादुर चन्दको पनि उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.