दार्चुलामा ढुङ्गा लागेर प्रहरी जवानको मृत्यु

बैतडी–दार्चुलामा ढुंगा लागेर जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत एकजना प्रहरी जवानको मृत्यु भएको छ ।

दार्चुला घर भएका प्रहरी जवान दिपेन्द्र पालको ढुंगा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए ।

दार्चुलाको निसिल भन्ने स्थानमा बाटोमा हिँडीरहेका बेला माथिबाट खसेको ढुंगा पालको टाउकोमा लागेको थियो । पाललाई तत्कालै उद्धार गरेर जिल्ला अस्पताल दार्चुलामा पुर्याएको भएपनि उनको उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक बडूले बताए ।

Leave A Reply

Your email address will not be published.