बैतडीको पञ्चेश्वरमा निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन हुदैं

बैतडीको पञ्चेश्वरमा निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। यहि असार ७ गते पञ्चेश्वर गाउँपालिका–०३ को हेल्थ पोष्ट परिसर कुलाउमा र ८ गते वडा नं. ५ को गड्मेश्वर आधारभुत विद्यालय गिरेगडामा शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

स्वस्तीक अस्पताल धनगढी र पञ्चेश्वर गाउँपालिका बैतडीको सयुक्त आयोजना शिविर सञ्चालन हुन लागेको हो। शिविरमा आई सेवाको मौका लिनहुन सम्पूर्णमा गाउँपालिकाले अनुरोध गरेको छ।

शिविरमा मुटु, छाति, सुगर, प्रेसर, कलेजो, थाईराईड र हर्मोन सम्बन्धी उपचार, हाडजोर्नी तथा नसारोग सम्बन्धी कम्मर घुडा, हातखुट्ट सुन्निने, दुख्ने, झमझमाउने सम्बन्धी उपचार, महिला स्त्री तथा प्रसुती रोग सम्बन्धी महिलाको तल्लो पेट दुख्ने, महिनावारीमा गडबढी, पाठेघर सम्बन्धी सेवा, निसन्तानपनको समस्याको उपचार लगायत शिविरमा मेडिकल स्वास्थ परामर्शका साथै निशुल्क औषधी वितरण गरिने बताईएको छ।

No description available.

Leave A Reply

Your email address will not be published.