बैतडीको डिलाशैनीमा रहेको समैजी मन्दिरः संरक्षणको अभावमा जिर्ण बन्दैं

बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका–२, गन्नामा अवस्थित समैजी मन्दिर एउटा प्राचीन धार्मिक र सांस्कृतिक सम्पदा हो। यो मन्दिरको नजिकैबाट बग्ने पवित्र गङ्गा चमेलिया नदीको उद्गम दार्चुला जिल्लाको अपि हिमालको फेदबाट हुन्छ। यो नदी मार्मा, खण्डेश्वरी, बिटुले हुँदै दार्चुला र बैतडी जिल्लाको सिमाना छुट्याउँदै बग्छ। करिब १२०० मिटरको उचाइमा रहेर भुम्के ढुङ्गा तीर्थस्थललाई पार गर्दै अगाडि बढ्ने यो नदी अन्ततः झुलाघाट सेरामा पुगेर महाकाली नदीमा समाहित हुन्छ। भुम्के ढुङ्गा तीर्थस्थलबाट करिब ३०० मिटर पूर्वमा अवस्थित समैजी मन्दिर केवल बाटोमा फूल टिपेर पूजा गर्ने साधारण मन्दिर होइन, यो प्राचीनकालदेखिको इतिहास र सभ्यतासँग जोडिएको आस्थाको गहिरो प्रतीक हो।

No description available.

दार्चुला, बैतडी, बझाङ, डडेलधुरा र कञ्चनपुरदेखि भारतको उत्तराखण्ड, धार्चुला, पिथौरागढ, अल्मोडा, कुमाउँ र गढवालसम्मका लाखौँ भक्तजनहरूको यो मन्दिर आस्थाको केन्द्र बनेको छ। विभिन्न ठाउँबाट यहाँ आउने श्रद्धालुहरू समैजी देवताको पूजा–अर्चना गरी आशीर्वाद र वरदान माग्छन्। तर, यति ठूलो धार्मिक महत्त्व बोकेको यो मन्दिरको अवस्था पछिल्लो समय अत्यन्त दयनीय बनेको छ। मन्दिरको जीर्ण अवस्थाले गर्दा यहाँका स्थानीय बासिन्दाहरू टाढाबाट आएका भक्तजनहरूको अगाडि लज्जित हुनुपर्ने स्थिति छ।

No description available.

इतिहासअनुसार यो मन्दिरको संरचना प्राचीनकालमै निर्माण भएको हो। समय–समयमा स्थानीयहरूले चन्दा सङ्कलन गरेर छाना मर्मत गर्ने जस्ता प्रयास गरेका थिए। तर, अहिले मन्दिरका भित्ताहरू भत्किन थालेका छन्। भक्तजनहरू भित्र पसेर पूजा गर्नसमेत डराउँछन्, किनभने संरचना कुनै पनि बेला ढल्न सक्ने अवस्थामा छ। मानिसहरू भन्छन्, “अरू ठाउँमा भएको भए यस्तो संरचना भत्किएर ठूलो क्षति भइसक्थ्यो, तर यहाँ समैजी देवताको कृपाले कुनै दुर्घटना भएको छैन।”

No description available.

यति महत्त्वपूर्ण मन्दिरको संरक्षणका लागि स्थानीय, प्रदेश वा केन्द्र सरकारबाट अहिलेसम्म कुनै बजेट वा सहयोग प्राप्त भएको छैन। नेपालमा हिन्दू राष्ट्रको वकालत गर्नेहरूको सङ्ख्या बढ्दै गएको देखिन्छ, तर यस्ता प्राचीन धार्मिक संरचनाको संरक्षणका लागि कसैको चासो नदेखिनु दुखद छ। मन्दिरको मुख्य ढोका (गेट) १०–१५ वर्षअघि नै जीर्ण भएर भत्किसकेको छ। मन्दिरका सबै भागहरू भत्किने अवस्थामा छन्, र हाम्रो आस्थाको यो केन्द्र मेटिने खतरामा छ। तर, यो विषयले कसैको ध्यानाकर्षण गरेको देखिँदैन।

No description available.

मन्दिरको छेउमै समैजी माध्यमिक विद्यालय छ। प्राचीन संरचनाको यस्तो दयनीय अवस्था देख्दा त्यहाँ पढ्ने बालबालिकाको मनमा कस्तो प्रभाव पर्लारु शिक्षकहरूले संरक्षणको महत्त्व सिकाउँदा विद्यार्थीहरूले कस्तो सन्देश लेलान्रु टाढा–टाढाबाट आएका भक्तजनको स्वागत र व्यवस्थापन गर्नुपर्नेमा उल्टै हामी लज्जाले मुख छोप्नुपर्ने अवस्था आएको छ। यो मन्दिरको संरक्षण र पुनर्निर्माणका लागि सबै तहको ध्यान जानु आजको आवश्यकता हो।

No description available.

No description available.

No description available.

 

Leave A Reply

Your email address will not be published.