बैतडीको पञ्चेश्वरमा विषेशज्ञ डाक्टर सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बैतडीको पञ्चेश्वर गाउँपालिका–०३ कुलाउमा विषेशज्ञ डाक्टर सहितको निःशुल्क बृहत स्वास्थ्य शिविर सुरु भएको छ। स्वस्तीक अस्पताल धनगढी कैलाली र पञ्चेश्वर गाउँपालिका बैतडीको सयुक्त आयोजनामा कुलाउको हेल्थ पोष्ट परिसरमा शिविर सुरु भएको हो।

No description available.

शनिबार गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले शिविरको उद्घाटन गर्नुभएको गाउँपालिकाले जनाएको छ। यसैगरी शिविर उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष बिना भट्ट, वडाध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत, स्वस्तीक अस्पतालका अध्यक्ष दिपेन्द्र प्रसाद वितारी, प्रबन्धक निर्देशन श्याम भट्ट लगायतका वडासदस्यहरु, पालिका कर्मचारी, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो।

No description available.

शिविरमा सेवा लिने नागरीकहरुको भिड लागेको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताउनुभयो। यहाँका नागरीकहरु स्वास्थ्य सेवाको लागि डडेल्धुरा, धनगढीका साथै भारतको पिथौरागडसम्म जाने भएकाले स्थानीय ठाउँमै सेवा लिन सकुन भनेर शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष चन्दले बताउनुभयो।

No description available.

शिविरमा मुटु, छाति, सुगर, प्रेसर, कलेजो, थाईराईड र हर्मो सम्बन्धी उपचार, हाडजोर्नी तथा नसारोग सम्बन्धी कम्मर घुडा, हातखुट्ट सुन्निने, दुख्ने, झमझमाउने सम्बन्धी उपचार, महिला स्त्री तथा प्रसुती रोग सम्बन्धी महिलाको तल्लो पेट दुख्ने, महिनावारीमा गडबढी, पाठेघर सम्बन्धी सेवा, निसन्तानपनको समस्याको उपचार लगायत शिविरमा मेडिकल स्वास्थ परामर्शका साथै निःशुल्क औषधी वितरण गरिने गाउँपालिकाले जनाएको छ।

No description available.

भोली आईतबार वडा नं. ५ को गडमेश्वर आधारभुत विद्यालयको प्राङ्गड गिरेगडाको शिविर सञ्चालन हुने जनाईएको छ।

Leave A Reply

Your email address will not be published.