बैतडी-विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएका केशव राज भट्टलाई विदाई गरिएको छ भट्ट लाई उमेर हदका कारण विदाई गरिएको हो ।
मेलौली नगरपालिका वडा नम्बर-२ मा रहेको धर्मघर माविको सलेनाको आयोजनामा सम्मान, विधाई तथा फेरि भेटौँला शीर्षकमा एक भव्य कार्यक्रम राखी भट्टलाई विदाई गरिएको थियो ।
शिक्षण पेशामा प्रवेश गरेका भट्टले झन्डै ४१ बर्ष बढी शिक्षण क्षेत्रमा व्यतीत गरेका छन् ।शिक्षक भट्ट धर्मघर माध्यमिक विद्यालय सलेनाका पूर्व प्रधानाध्यापक समेत रहेका थिए ।
उनले आफू शिक्षण पेशामा रहँदा इमान्दारिताको साथ शिक्षा क्षेत्रमा देखिएका वा भएका कमीकमजोरीहरु तथा समस्याहरुलाई समाधान गर्न निरन्तर लागि परेको पनि बताउनुभयो ।कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारीहरू तथा विद्यार्थीहरू र अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।