बैतडीको मेलौलीमा नगरस्तरीय “छलिया” प्रतियोगिता सम्पन्न, तितावै च्याम्पीयन

बैतडी : मेलौलीमा सञ्चालन भएको नगरस्तरीय “छलिया” प्रतियोगिता सम्पन्न भएको छ। यहि असार १३ र १४ गते दुईदिन मेलौली भगवती मन्दिरको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगिताको बिजेता वडा नं. ४ तितावैको टिम भएको छ। यसैगरी वडा नं. ६ को टिम उप-विजेता र वडा नं. ८ कोटीगाउँको टिम तृतीय भएको कार्यक्रम सञ्चालक विजय पोखरेलले बताउनुभयो।

प्रतियोगिताको प्रथम छलिया टिमलाई ३५ हजारसहित ट्रफि, द्धित्तीय टिमलाई २५ हजारसहित ट्रफि र तृतीय टिमलाई १५ हजारसहित ट्रफि प्रदान गरिएको कार्यपालिका सदस्य धरमसिह दयालले जानकारी दिनुभयो। सहभागि अन्य वडाका टिमलाई ५ हजार प्रदान गरिएको जनाईएको छ।

मेलौली नगरपालिका सामाजिक विकास समितिको आयोजनामा र नगरपालिकाको सहयोगमा नगरस्तरीय छलिया प्रतियोगिता सञ्चालन गरिएको हो।

Leave A Reply

Your email address will not be published.