मेलौलीमा खुल्ला क्रिकेट प्रतियोगिता सुरु

बैतडी-बैतडीको मेलौलीमा खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ। मेलौली स्टाईकरको आयोजनामा आज देखी मेलौली नगरपालिकाको खेलमैदान बिठन्नेमा खुल्ला टि २० टेनिस बल क्रिकेट प्रतियोगिता सुरु भएको संयोजक नारद ओझाले बताए।
यसैबीच प्रतियोगिताको एक औपचारिक कार्यक्रम गरि उद्घाटन गरिएको छ ।

उद्घाटन समारोहमा प्रतियोगीताका डाईरेक्टर महेन्द्र सिंह नायकको सभापतित्वमा र मेलौली नगरपालिकाका निवर्तमान नगर प्रमुख कृष्ण सिंह नायकको प्रमुख आथित्यता रहेको थियो । यस्तै नेपाल क्रिकेट संघ र्बैतडीका जिल्ला सदस्य सुरत पार्की,मणिलेक बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख भवानी सिंह नायक स्ववियु सभापति मनोज ओझा लगायतको उपस्थिति रहेको थियो।प्रतियोगितामा २० टिमको सहभागीता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५५५५५दोस्रोलाई २५५५५ र म्यान अफ द सिरिजलाई ३५५५, उत्कृष्ट ब्याट्सम्यानलाई २५५५, उत्कृष्ट बलर २५५५ र म्यान अफ द म्याचलाई १००० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरीने संयोजक ओझाले बताए।

Leave A Reply

Your email address will not be published.