बैतडी-बैतडीमा रामलिला लाग्ने भएकोे छ ।जिल्लाको मेलौली नगरपालिका वडा नम्बर २ को र्धघरमावि सलेनामा रामलिला लाग्ने भएको हो ।धर्मघर माविको प्रांगणमा असोज २२ गते देखि कत्तिक २ सम्म सञ्चालन हुने आयोजक समितिका संयोजक प्रकाश दत्त जोशीले बताउनुभयो ।
धर्म संस्कृतिको जगेर्ना, सामूहिक विकासको भावना र असल चरित्रका नागरिक निर्माणको उद्देश्यसहित रामलिलाको आयोजना गरिएको धर्मघर माविका प्रधानाध्यापक लोक राज जोशीले बताउनुभयो । रामलीलाका लागि मञ्च निर्माणको कामदेखि लिएर कलाकार तयार गर्ने सम्मको काम सकिएको छ । रामलीलामा सबैलाई सहभागिताका लागि आग्रह गरिएको छ