बैतडीको सिगास गाउँपालिका घर भएकी एक महिला सेती नदी किनारमा मृत फेला परेकी छन्। सिगास गाउँपालिका –५ खैरकोट घर भइ हाल कैलालीको गौरीगंगा नगरपालिका १० उदासीपुर बस्दै आएकी ६४ बर्षीया धनमती धामी सेती नदी किनारमा मृत फेला परेकी हुन्।
डोटी आदर्श गाउँपालिका बबिनास्थित सेती नदी किनारमा धामीको शव बग्दै गरेको अवस्थामा मंगलबार दिउँसो फेला परेको हो। सिगासको भूमिराज मन्दिरमा लागेको जात्राबाट फर्कदै गर्दा उनी लडेको अनुमान गरिएको छ। घटनाका बिषयमा डोटी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।