बैतडी : समाचारकै आधारमा पत्रकार लक्ष्मण विसी र मंगेश दयाललाई अश्लील गालीगलौज गर्दै भौतिक आक्रमणको धम्की दिईएकोमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको ध्यानाकर्षण भएको छ।
बैतडीको पञ्चेश्वर गाउँपालिकास्थित आमचौर स्वास्थ्य चौकीका सिनियर अहेव भानबहादुर चन्दबाट फोनमार्फत पटक-पटक शाखा उपाध्यक्ष विसी र सहसचिव दयालमाथि यस्तो व्यवहार भएको महासंघ बैतडी शाखाले जनाएको छ। कुनै पनि समाचारमा गुनासो भए त्यसको समाधान कानुनी या प्रचलित विधि अनुसार खोज्नुपर्नेमा पत्रकारलाई धम्क्याउने कार्यलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी कदमका रुपमा लिएको माहासचिव रामप्रसाद दाहालद्धारा जारी गरिएको विज्ञप्ति मार्फत भनिएको छ।
महासंघ घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको प्रक्रियामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछ ।
विज्ञप्ति!
