बैतडीका पत्रकार विसी र दयाललाई ज्यानमार्ने धम्की, महासंघ बैतडीद्धारा निन्दा

बैतडी : नेपाल पत्रकार महासंघ बैतडी शाखाका उपाध्यक्ष तथा सामुदायिक रेडियो मेलौली एफएमका स्टेशन म्यानेजर लक्ष्मण विसी र महासंघकै सहसचिव रहेका सोही रेडियोमै कार्यरत मंगेश दयाललाई समाचारको विषयलाई लिएर ज्यानमार्ने धम्की आएको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ घर भएका तथा आमचौरा स्वास्थ्यचौकीमा सिनियर अहेवका रुपमा कार्यरत भानबहादुर चन्दले पटक–पटक फोनमार्फत अश्लील गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएका हुन्।

पत्रकारलाई आएको ज्यानमार्ने धम्की प्रति पत्रकार महासंघ बैतडीको गम्भीर ध्यानकर्षण भएको जनाईएको छ। माहासंघ बैतडी शाखाका अध्यक्ष नरी बडु र सचिव बिनोद बिंष्टद्धारा सयुक्त रुपमा जारी गरिएको विज्ञप्ति मार्फत जिल्लामा क्रियाशील पत्रकारहरुलाई डर धम्की देखाई हतोत्साहित गर्न खोजेको आभास भएको भनिएको छ।,

विज्ञप्तिमा भनिएको छ, समाचारप्रति असहमति भए कानुन र विधिसम्मत समाधान गर्न सकिने प्रावधान छदाछदै कर्मचारी समेत रहेका चन्दले दिएको धम्की प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत मात्र नभई कानुनी रूपमा पनि दण्डनीय छ।, पत्रकारमाथि भएको यस्तो धम्कीको तत्काल निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघ बैतडी शाखा सम्बन्धित पक्षसँग आग्रह गर्दछ। साथै, महासंघका उपाध्यक्ष लक्ष्मण विसी र सह-सचिव मंगेश दयालको सुरक्षा प्रत्याभुति गरि दोषीलाई हदैसम्म कारबाही गर्न जोडदार माग राख्दछ।

समाचार संकलन, प्रकाशन तथा प्रशारण गर्दा पत्रकार आचारसंहिताको ख्याल गर्न जिल्लास्थित सम्पूर्ण पत्रकारहरूमा महासंघले आग्रह गरेको छ। यसका साथै जिल्लाका अन्य संघसंगठनहरुले पनि घटनाको विरोध गर्दै कारबाहीको माग गरेका छन्।

May be an image of text

Leave A Reply

Your email address will not be published.