मतदाता नमावलीमा नाम दर्ता गर्न बैतडी काग्रेसले सहयोग गर्ने

नेपाली कांग्रेस बैतडीले आगामी फागुन २१ मा हुने निर्वाचनको लागि निर्वाचन कार्यालय बैतडीमा मतदाता नमावलीमा नाम दर्ता गर्नेलाई सहयोग गर्ने भएको छ।

कांग्रेस बैतडीले जिल्लाका ८४ वटै वडा र १० वटै पालिकालाई मतदाता परिचयपत्र बनाउन बाकी रहेका उमेर पुगेका नागरीकलाई सहयोग र सहकार्य गर्न परिपत्र गरेको छ।

उमेर पुगेका सबैले मतदाता नमावलीमा नाम दार्ता गर्न समेत कांगे्रस बैतडीले सबैमा आग्रह समेत गरेको छ। मतदाता नमावलीमा नाम दार्ता गराउन निर्वाचन आयोगले यही कार्तिक मसान्त सम्मको समय दिएको छ।

Leave A Reply

Your email address will not be published.