सुत्केरी सेवाका लागि गर्भवतीलाई स्वास्थ्यसम्म ल्याउने पुरुषलाई सम्मान

बैतडीको एक स्वास्थ्य केन्द्रले गर्भवती महिलालाई सुत्केरी सेवाका लागि केन्द्रसम्म ल्याउने पुरुषलाई सम्मान गर्ने भएको छ। शिवनाथ गाउँपालिका–०३ मा रहेको श्रीपुर आधारभुत स्वास्थ्य सेवा केन्द्रले सम्मान गर्ने भएको हो।

गर्भवती महिलाका परिवार मध्ये कुनैपनि पुरुष सदस्यले सुत्केरी सेवाका लागि केन्द्रसम्म ल्याउने र सुत्केरी पश्चातसगैं लैजानेलाई सम्मान गरिने कार्यालय प्रमुख मोहन कलौनीले बताउनुभयो। ढाकाटोपि, खादामाला सहित सम्मान गरिने जनाईएको छ।

स्वास्थ्य संस्थाका पदाधिकारीसहितको सहभागितामा सम्मान गरिने जनाईएको छ। यो सम्मानले सुत्केरी सेवाका लागि स्वास्थ्य संस्था जानुपर्छ भन्ने कुराको बिकास हुने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.