बैतडी : नापी कार्यालय बैतडीमा नयाँ कार्यालय प्रमुख हाजिर भएका छन। राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृत बिनोद प्रसाद भट्ट बिहीबार (आज) कार्यालयमा हाजिर भएका हुन।
९० दिने सेवाकालिन तालिम पश्चात भट्ट कार्यालयमा हाजिर हुनुभएको नापी कार्यालय बैतडीले जानकारी दिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गत रहेको नापी विभागले भट्टलाई बैतडी पठाएको हो।
कार्यालयमा भट्टलाई एक कार्यक्रमका बिच भब्य स्वागत गरिएको जनाईएको छ। कार्यालयमा हाजिर भएसगैं भट्टले काम सुरु गरेका छन।
कर्मचारीहरुले जनपक्षीय काम गर्नुपर्ने कार्यालय प्रमुख भट्टले बताउनुभयो। आफुले कार्यालयमा रहुञ्जेलसम्म नीति र बिधिमा रहेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो। आफ्ना लागि सबै कर्मचारी बराबर भएको बताउदै भट्टले सबैको मन जित्ने गरी काम गर्ने बताउनुभयो।