बैतडी-बैतडीको मेलौली नगरपालिका-२ सलेनामा दुत्त्या मेला सम्पन्न भएको छ ।
यो ठाउँमा हरेक बर्ष शुक्ल द्धितियाका दिन मेला लाग्ने गर्दछ ।सलेनामा हुने मेलामा पोटलाशैनी भगवती मन्दिरमा पुजाआजा समेत हुने गरेको स्थानिय नारायण दत्त जोशीले बताए ।
यो मेला खेतको विचमा हुने भएकाले तिहारको समयमा धानबाली मासिने भएपछि मंसिर शुक्ल पक्षको द्धितिया तिथीमा मनाउने गरिएको किम्वदन्ती रहीआएको उनले बताए ।
यो मेलामा तलकुले र मलकुले भनेर दई ठाउँबाट देउरो आउने र दुबै देउरो एक ठाउँमा मिसिएर भकुण्डो खेल्ने चलन रही आएको मेलौली नगरपालिका वडा.न-२ का अध्यक्ष कष्ण दत्त भट्टले बताए । तर पछिल्लो समयमा भकुण्डो खेल्ने चलन भने लोप हुदै गएको छ ।
यो मेलामा आफन्तहरु संग भेटघाट गर्ने भैलो देउडा खेल्ने चलन रही आएको छ ।बैतडीका विभिन्न ठाउँबाट दुत्त्या हेर्न आउनेहरुको घुइचो लागेको थियो ।