सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु करिब तीन अर्ब

सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु करिब तीन अर्ब पुगेको छ। महालेखापरीक्षकको प्रतिवेदन,२०८२ मा प्रदेश सरकारको बेरुजु दुई अर्ब ९८ करोड ४० लाख २० हजार पुगेको उल्लेख छ।

महालेखापरीक्षकको प्रतिवेदन २०८१ मा २७ करोड ६६ लाख ५१ हजार बेरुजु रहेकोमा २०८२ मा भने ५० करोड ७ लाख २३ हजार बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। २०८२ को प्रतिवेदनमा प्रदेश सरकारको असुल गर्नुपर्ने बेरुजु २० करोड ७५ लाख ६० हजार छ भने नियमित गर्नुपर्ने बेरुजु २२ करोड ४२ लाख १२ हजार छ।

यस्तै प्रदेश सरकारको पेस्की बाँकी रकम भने एक करोड ७६ लाख ९६ हजार रहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा ४४ करोड ९४ लाख ६८ हजार बेरुजु प्रदेश सरकार मन्त्रालय र मातहतका कार्यालयको छ भने अन्य संस्था र समितितर्फ ५ करोड १२ लाख ५५ हजार बेरुजु रहेको छ।

अन्य संस्था र समितितर्फ एक करोड ५ लाख ६१ हजार असुल गर्नुपर्ने बेरुजु छ भने नियमित गर्नुपर्ने तीन करोड ८३ लाख ६६ हजार तथा पेस्की बाँकी २२ लाख ९८ हजार रहेको छ।

दिनेश खबरबाट

Leave A Reply

Your email address will not be published.