बैतडीको शर्माली बजारमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। शिवनाथ गाउँपालिका–२ मा रहेको शर्माली स्वास्थ्य चौकीको आयोजनामा शर्माली बजारमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो।
सरसफाई कार्यक्रममा वडा कार्यालय, प्रहरी चौकी कुस्मौतघाट र स्थानिय व्यापारीहरुको समन्वयमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको शर्माली स्वास्थ्य चौकीका प्रमुख रमेस तिरुवाले बताउनुभयो। स्थानिय बजार दुषित हुदै गएकाले आम जनतामा वातावरण सरसाफाई जनचेतना फैलाउने उदेश्यसहित सरसफाई गरिएको उहाँले बताउनुभयो।
सरसफाई कार्यक्रममा वडाध्यक्ष सुरेन्द्रसिह साउँद पनि सहभागि हुनुभएको थियो। सरसफाई जस्ता अभियान निरन्तर रुपमा गरिरहनुपर्ने वडाध्यक्ष साउँदले बताउनुभयो।