डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्ट र निमित्त प्रमुख प्रशासकीय अधिकृत तेज बहादुर सिहको एकै साथ बिदाइ गरिएको छ।
नगर-प्रमुख भरत बडायर जोशीको संयोजकत्वमा र उप-प्रमुख बिमला बोहरा महता, वडाअध्यक्षहरु र कर्मचारीहरुको सहभागीतामा मंगलबार एक भब्य कार्यक्रम गरि नगरपालिकाबाट सरुवा हुनु भएका भट्टको बिदाइ गरिएको हो ।
भट्ट जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट सरुवा भई २०८१ मा परशुराम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा आउनु भएको थियो। उहाको सेवा अबधि, जनमुखी रहेको स्थानियको भनाइ छ।
यसैगरि पटक-पटक नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउनु भएका सिनियर अहेव तेज बहादुर सिहको पनि बिदाइ भएको हो। ०४५ साल देखि शिक्षण पेषाबाट जागिर सुरु गरेका सिह २०५२ देखि स्वास्थ्य क्षेत्रमा स्थायी सेवामा रहनु भएको थियो।
डडेल्धुराको परशुराम ५ परिगाउका स्थायी बासिन्दा समेत रहनु भएका सिह २०८२ मङ्सिर ०९ वाट अनिवार्य अवकास पाई उहाँको बिदाइ गरिएको नगरपालिकाले जनाएको छ। परशुरामको स्वास्थ्य साखा प्रमुखको जिम्मेवारी समेत सम्हालेका सिह सहयोगी, मिलनसार , कतब्यनिष्ट रहेको स्थानीय सेवाग्राहीको भनाइ छ। उहाँको पनि सोहि अवसरमा बिदाइ गरिएको हो।