बैतडीमा २२ बर्षीय भण्डारी बने प्रधानाध्यापक

बैतडीको पाटन नगरपालिका–८ ज्याफूस्थित जनप्रिय आधारभूत विद्यालयको प्रधानाध्यापकमा २२ बर्षीय भरत भण्डारी नियुक्त भएका छन्।

पाटन नगरपालिका –९ घर भएका भण्डारी शिक्षण पेशामा आवद्ध भएको ६ महिनामै नेतृत्वदायी भूमिकामा पुगेका हुन्। करार राहत कोटामा कार्यरत भण्डारीलाई विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक जिम्मेवारी दिने निर्णय गरेको छ।

गएको वैशाखमात्रै शिक्षण पेशामा आवद्ध भएका भण्डारीले विद्यालयले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताएका छन्। आफूले विद्यालयमा परिवर्तन ल्याउने चाहना राखेको र यसमा सबैको सहयोग आवश्यक रहेको उनले बताए।

नयाँ जिम्मेवारी पाएका भण्डारीले विद्यालय परिवार, पदाधिकारी तथा अभिभावकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा साथ, सहयोग र हौसलाको अपेक्षा गरेका छन्।

Leave A Reply

Your email address will not be published.