बैतडीको पञ्चेश्वरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत भण्डारी हाजिर

बैतडीको पञ्चेश्वर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा वीर बहादुर भण्डारी हाजिर भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भण्डारीलाई पञ्चेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएपछि उनी गाउँपालिकामा हाजिर भएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत भण्डारीलाई आज (विहिबार) एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द, उपाध्यक्ष विना भट्ट लगायतका जनप्रतिनिधि र गाउँपालिका अन्तर्गत कार्यरत कर्मचारी, वडा कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थितीमा प्रमुख प्रमुख प्रशासकीय अधिकृत भण्डारीको अबिर र खादा लगाएर स्वागत गरिएको गाउँपालिकाका पोषण सहजकर्ता नारायण सार्कीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.