महोत्तरीमा हिन्दु-मुस्लिमबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न आयोगको निर्देशन


कात्तिक ११,शुक्रबार २०७९

महोत्तरी -महोत्तरीमा हिन्दु-मुस्लिमबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न निर्देशन दिइएको छ ।

भंगहा–८ पडरियामा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न मधेसी आयोगका अध्यक्ष डा। विजयकुमार दत्तले महोत्तरीका सिडिओलाई निर्देशन दिनुभएको हो ।

अध्यक्ष डा।दत्तले फोन सम्पर्क गरी सिडिओसँग घटनाको बारेमा विस्तृत जानकारी लिँदै त्यहाँको अवस्था नियन्त्रण गर्न र शान्तिपूर्ण वातावरण मिलाउन निर्देशन दिनुभएको हो ।

अध्यक्ष डा। दत्तले सो झडपमा घाइते भएका पीडित र परिवारसँग भेटेर समेत घटनाबारे स्थलगत जानकारी लिनु भएको छ ।

बिहीबार भाइटिकाको दिन पडरियाबाट हिन्दु सम्राट सेनाले श्री रामको नारा लगाउँदै र्‍याली निकाल्दा मुस्लिम समुदायका मान्छेहरूले ढुंगामुढा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

Leave A Reply

Your email address will not be published.