कञ्चनपुरमा गाडीको ठक्करबाट एक युवकको मृत्यु


 मंसिर ११, २०७९

कञ्चनपुर – कञ्चनपुरमा गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–५ वडा कार्यालय नजिक सडकमा गाडीले ठक्कर दिएपछि युवकको मृत्यु भएको हो ।

अहिलेसम्म नम्बर नखुलेको उक्त सवारी साधनको ठक्करबाट पैदलयात्री कैलालीको गोदावरी नगरपालिका ३ चौकीडाँडा बस्ने ३६ वर्षीय लवदेव भट्टको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिएपछि फरार सवारी साधनको खोजी गरिरहेको प्रहरीले बताएको छ ।

Leave A Reply

Your email address will not be published.