दिपक राज दिर्घायु
मंसिर २४ शनिबार,२०७९
बैतडी-डडेल्धुराको अजयमेरु गाउपालीका–०६ ले एक महिने तरकारी खेति तालिम र दश दिने उद्यमशिलता बिकास तालिम सञ्चालन गर्ने भएको छ । वडा कार्यालय र ब्यवसाहिक तथा सिप बिकास तालिम केन्द्र कञ्चनपुरको सयुक्त सहकार्यमा एक महिने तरकारी खेति तालिम सञ्चालन गरिन लागेको वडा अध्यक्ष हरि सिह भण्डारीले बताए ।
तालिममा सहभागि हुने ईच्छुकहरुसगं नेपाली नागरिता भएको हुनुपर्ने सुचना मार्फत भनिएको छ । साधारण लेखपढ गर्न सक्ने, १६ बर्ष पुरा भई ४५ बर्ष ननाघेको ब्यक्तिले तालिममा सहभागि हुने पाउने र प्रतिनिधि छनोट गरेको समुहको निणर्य पनि हुनुपर्ने जनाईएको छ ।
वडा कार्यालय अन्तरगत कृषि समुह दर्ता भएका कृषक समुहहरुले प्रत्येक समुहबाट दुईजना प्रतिनिधि छनोट गरि पठाईदिन पनि वडा कार्यालयले अनुरोध गरेको छ ।
यसैगरि घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराको बार्षिक कार्यक्रम अनुसार दश दिने उद्यमशिलता बिकास तालिम सञ्चालन हुन लागेको पनि वडा अध्यक्ष भण्डारीले बताए । अजयमेरु गाउपालीका–०६ को राजुलमा कम्तीमा २० देखि २५ जनालाई दश दिने उद्यमशिलता बिकास तालिम दिईने जनाईएको छ ।
तालिममा सहभागि हुने ईच्छुकहरुलाई नेपाली नागरिकताको प्रमाण पत्र हुनुपर्ने छ। तालिममा महिला, एकल महिला, दलित, आदिबासि, जनजाति तथा आर्थिक र समाजिक रुपमा बिपन्न बर्गलाई बिशेष प्राथमिकता दिईने छ । तालिममा सहभागि हुनेलाई घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुरा र वडा कार्यालयले छनोट गर्ने छ।

