दिपक राज दिर्घायु
मंसिर २४ शनिबार,२०७९
बैतडी–डडेल्धुराको अजयमेरु गाउपालीका–०५ गालका तेज सिह रावतको आर्थिक अभावले उपचारमा समस्या भएको छ । ब्लड क्यान्सर रोगबाट पिडित रावतको आर्थिक अभावले उपचारमा समस्या भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
हाल चितवन क्यान्सर अस्पतालमा उपचार गराई रहेका रावतको घरको आर्थिक अवस्था कमजोर भएका कारण सकेको आर्थिक सहयोग गरिदिन उनका बुवा अजब सिह रावतले सबैमा अपिल गरेका छन ।
रावतको उपचारका लागि समाजिक सञ्जाल फेसबुक मार्फत यतिबेला आर्थिक संकलन अभियान समेत थालिएको छ । सहयोगका लागि सनराईज बैंक महेन्द्रनगर शाखामा रहेको दिपक सिह रावतको खाता नम्बर ०४८१०१६४४९६०११ अथवा ९८४८७४५८२२ मा सम्पर्क गर्न सकिने छ ।
भारतमा सहयोग गर्न चाहनेका लागि ललित साउदको BANK HDFC BRANCH THATTE NAGAR मा रहेको खाता नम्बर ५०१००५३८४७२५३० मा गोगुल पे नम्बर ८८७९१२२५५९, फोन पे नम्बर ८८७९१२२५५९ मा सहयोग गर्न आग्रह गरिएको छ ।