सञ्चारक्रमि ताम्राकारको “ख्रीष्टको माया” सार्वजनिक

मेलौली न्यूज 
पुष ०१ शुक्रबार,२०७९ 

डडेल्धुरा–सञ्चारक्रमि सागर ताम्राकारको पहिलो गित “ख्रीष्टको माया” सार्वजनिक भएको छ । क्रिश्चियनहरूका परमपिता परमेश्वर येशु ख्रीष्टमा आधारित गित भिडियो सहित सार्वजनिक गरिएको हो ।

शुक्रबार ग्रेस प्ल्याटफर्म युटुब च्यानलबाट गित सार्बजनिक गरिएको हो। गितमा सागर ताम्राकार र एस्तर महतराको शब्दमा रहेको छ । गितलाई गायक सुरज ताम्राकार र मोनिका बनसालले आवाज दिएका छन ।

भिडियोमा पनि सञ्चारकर्मि ताम्राकार र एस्तर महताराको मुख्य भुमिका रहेको छ। भिडियोको निर्देशनपनि सञ्चारकर्मि ताम्राकारले नै गरेका हुन ।

नेपाली सांगितिक क्षेत्रमा आफ्नो यो पहिलो अभ्यास भएकाले दर्शक तथा स्रोताहरुको सल्लाह सुझावको अपेक्षा लिएको ताम्राकारले बताए ।

सञ्चारक्रमि ताम्राकार डडेल्धुरामा रहेका सामुदायिक रेडियो आफ्नो एफएममा कार्यरत रहेका छन । उनले गितलाई जति सकिन्छ आफ्ना साथीभाई समक्ष पनि पुर्याईदिन सबैमा आग्रह गरेका छन ।

भिडियो हेर्न तलको लिकंमा क्लीक गर्नुहोला ।

https://www.youtube.com/watch?v=TIxZdeaEHgg

Leave A Reply

Your email address will not be published.