चिसोले डडेल्धुराको जनजीवन प्रभावित

पुस १७, २०७९

डडेल्धुरा- डडेल्धुरामा चिसो बढेसँगै रुघाखोकीका बिरामी बढ्न थालेका छन । पुस महिना लागेसंगै बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या पनि बढेको छ । 

अस्पतालमा उपचारका लागि पहिलाभन्दा यस याममा बढी बिरामी आउन थालेको डडेल्धुरा अस्पतालका निमीत्त मेडिकल सुपरीटेण्डेण्ट डा। चेतराज भट्टले बताए । अस्पतालमा दैनीक १ सय भन्दा बढी बिरामीहरु पुग्ने गरेका उनले जानकारी दिए । 

चिसोकै कारण डडेल्धुरा अस्पताललगायत यहाँका स्वास्थ्य संस्थाहरुमा ज्वरो, रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्ध र सुत्केरी महिला बढी प्रभावित भएका छन । बालबालिका, वृद्धवृद्धामा रुखाखोकी, ज्वरो, दमलगायत समस्या देखिएको डा। भट्टको भनाइ । 

जाडोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित हुने गरेका छन ।

Leave A Reply

Your email address will not be published.