बैतडी – डडेल्धुराको अजयमेरु गाउँपालिकामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत व्यावसाय तालिम सम्पन्न भएको छ ।
मंगलबार अजयमेरु गाउँपालिका वार्ड नं २ हाटमा उद्यमशिलता विकास तालिम अन्तरगत ८ दिने व्यावसाय सचेतना र लैगिंक समानता सम्बन्धी कार्यक्रम तालिम सम्पन्न गरेको हो ।
अजयमेरु गाउँपालिकाको उद्योग विकास शाखाको आयोजनामा सञ्चालीत व्यवसाय सचेतना र लैगिंक समानता कार्यक्रम मंगलबार अजयमेरु गाउँपालिकाकी उपाध्यक्ष बसन्ती पालले सम्पन्न गरेकी हुन।
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) उद्यम गरौँ, रोजगारीको अवसर सृजना गरौँ भन्ने मुल उदेश्यका साथ अजयमेरु गाउँपालिका वडा नं २ का गरिव तथा विपन्न परिवारका महिला सदस्यहरुलाई उद्यमशिलतामा आत्मनिर्भर गर्नका लागि ८ दिन तालिम दिई दक्ष उद्यमी बनाउने प्रयास गरिएको उद्यम विकास सहजकर्ता मञ्जु केसीले जानकारी दिनुभयो ।
सो व्यावसाय सचेतना र लैगिंक समानता तथा समाजिक समावेशी कार्यक्रम तालिम र व्यावसाय सुरु तालिममा अजयमेरु गाउँपालिका वडा नं २ का २० जना स्थानीय महिलाहरुको सहभागीता रहेको थियो ।
तालिम अजयमेरु गाउँपालिका अन्तरगतका वडा नं १, २, ३, र ४ गरी ४ वटा वडाका ८० जना स्थानीयबासीहरुलाई छनौट गरी विभिन्न लद्यु उद्यम विकासमा नयाँ लद्यु उद्यमी सृजना गरी पहिलो चरणको तालिम सम्पन्न गरिएको उद्यम विकास सहजकर्ता मञ्जु केसील जानकारी दिइन ।
