बैतडी – डडेल्धुराको भागेश्वर गाउँपलिका वडा न.३ बोगटा स्वास्थ्य चौकीमा सञ्चालन भएको निशुल्क आँखा उपचार तथा शिविरबाट झण्डै ६ सय जनाले सेवा लिएका छन ।
माघ २१ गते (शनिबार) डडेल्धुरा आँखा अस्पताल डडेल्धुरा र भागेश्वर गाउँपलिकाको संंयुक्त आयोजनामा बागटा स्वास्थय चौकीमा सञ्चालन भएको शिविरबाट ९९ जना महिला र ५४ जना पुरुष गरेर १ सय ५३ जनाले सेवा लिएका बोगटा स्वास्थ्य चौकीका प्रमुख गौतम कुमार शाहीले बताए।
आफ्नै ठाउँमा शिविर मार्फत निशुल्कक सेवालिन पाउँदा नागरिकहरु खुसि भएका हुन । आँखाको समस्या भएका नागरिकलाई स्थानीयस्तरमै सेवा लिन सजिलो होस भनेर शिविरको आयोजना गरिएको हो ।