सञ्चारकर्मी विसीका दुई मुक्तक

हाँस्न खोज्दा रुनु पर्छ जिन्दगी यस्तै छ 
आँशुले मुख धुनु पर्छ जिन्दगी यस्तै छ ।।
भावीले नलेखेपछि नमिल्ने चाहे जस्तो
दुःख हुँदा सनु पर्छ जिन्दगी यस्तै छ ।।

शिशिर पछि वसन्तमा फुल्नु हो जीवन 
निन्द्रा लाग्दा बसिबसी झुल्नु हो जीवन ।।
आँखा डिल हुँदै झर्ने ती आँशुलाई सोध
सुख खोज्दै दुःख लाई भुल्नु हो जिवन ।।

Leave A Reply

Your email address will not be published.