भागेश्वर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु

डडेल्धुरा- डडेल्धुराको भागेश्वर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।गाउँपालिकाको आयोजनामा आइतबारबाट पालिकास्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड सुरु भएको हो। गाउँपालिका अध्यक्ष हेमराज चटौतले एक कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन गरे।

भागेश्वर गाउँपालिका–२ रुपालमा भइरहेको प्रतियोगितामा ८ वटा मावि विद्यालयका ४ सय ८० जना विद्यार्थीको सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा छात्र–छात्रा भलिबल, कबड्डी, एथलेटिक्सअन्तर्गका खेलहरू भइरहेका छन्।प्रतियोगिता फागुन २ गतेसम्म संचालन हुनेछ। पालिकास्तरीय उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.