बैतडी-डडेल्धुराको अजयमेरु गाउपालीकामा सञ्चालन भएको प्रथम उपराष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि सहस्त्रलिङ माबि चमडाले जितेको छ। ६ स्वर्ण, ३ रजत, सिल्ड प्रमाणपत्र र १५ हजार सहित उपाधि जितेको हो।
यसैगरि ३ स्वर्ण, १ रजत र २ कास्य पदक सहित प्रमाणपत्र र १२ हजारमा चित्त बुझाउदै चेतना माबि राजुलले दोस्रो भएको छ। तेस्रो स्थानमा आएको भद्रपुर माबि भद्रपुरले २ स्वर्ण, २ रजत सहित सिल्ड प्रमाणपत्र र १० हजार प्राप्त गरेको मुख्य रेफ्रि ओम प्रकास पन्तले बताए।
गाउपालीकाको वडा नः०३ मा रहेको चन्बेताल खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा पालिका भरिका १८ बिद्यालय मध्ये १७ बिद्यालय सहभागि भएका थिए।
गाउपालिका अध्यक्ष उमेश प्रशाद भट्टको सभाध्यक्षमा र प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर ऐरिको प्रमुअ आतिथ्यमा आज एक कार्यक्रमका बिच प्रतियोगिता सम्पन्न भएको हाल अजयमेरु आधारभुत बिद्यालय रोल्लिमा कार्यरत शिक्षक कृष्ण दत्त भट्टले बताए।