मेलौलीमा मृत भेटिएकि महिलाको पहिचान खुल्यो

दिपक राज दिर्घायु
श्रावण ०८ शुक्रबार,२०७८

बैतडि-शुक्रबार बिहानै मेलौलीमा मृत अवस्थामा भेटिएकि महलिाको पहिचान खुलेको छ । मेलौली नगरपालिका –७ काणा बजारको नजिकै मृत अवस्थामा भेटिएकि महिला डडेल्धुराको भागेश्वर गाउँपालिका–०३ लामीकाँडेकी घर भएकि ३६ बर्षिया खेट्टि नामले चिनिने गिता मल्ल रहेको प्रहरीले जनाएको छ।

भागेश्वरबाट आफ्नो माइतीघर मेलौली नगरपालीका–५ सेरी आउन लागेको बुझिएको छ । मल्ल माइतीघर नपुग्दै बिच बाटोमै मृत अवस्थामा फेला परेकी थिईन । उनको के कति कारणले मृत्यु भएको हो भन्नेबारे अझै खुल्न सकेको छैन।

मृतक मल्लको साथमा ८९५ नगद रुपैया, एक छाता, एक साडी, पेटिकोट एक, ब्लाउज एक, एक सानो सल, एक ब्रा साथै मेकअफका सामग्री भेटिएको ईलाका प्रहरी कार्यालय मेलौलीले जनाएको छ।

मृतक मल्लका श्रीमान ज्ञानु मल्ल रोजगारी सिलसिलामा भारतमा रहेका छन्।

Leave A Reply

Your email address will not be published.