आमा ! तिमी कति भाग्यमानी

अलिकति आशा, अलिकति विश्वास, अलिकति जीवन दृष्टिकोण र अरु जम्मै मानविय अन्तरंमा पुरै जीवन घोलेर आफ्नो रंगीन बगैचामा ढकमक फुल सजाउने आशामा काडा लाई नौंनी सोच्यौ। तनभरी, मनभरी, हृदयभरी ममताको लेपन गर्यौ।

आमा प्रसव बेदनाको असह्य पिडा सहेर सन्तानको लालन पालनमा सौन्दर्य पुर्ण यौवनको बलिदानी गर्दै मेलापात, गाईगोठ गर्दागर्दा थाकेर रुन्चे हासोमा ओठ हरु मुस्कुराउदै हररात अनिन्द्र को सिरक ओढेर गुन्द्रुक झै गल्यौ।

थकान भोक दुख कष्ट नभनी दाउरा झै भित्रभित्रै खरानी बन्यौ, खुशी आउने दिनको पहाड चढ्ने कल्पना गर्दै जीवनको उत्तरार्धमा पुगी सक्यौ आमा! तर हामी कोही पनि भएनौं तिम्रा लागी। न माटो आफ्नो छ, न बाटो आफ्नो छ। तपाईले त बिगत जित्नु, बर्तमान हार्नु भयो। परिस्थितीलाई चुम्बन र अंकमाल कैद गर्दा बर्तमानले धकेलेर कल्पना लाई अन्तरध्यान गरिदिनुभयो।

आज केवल खत बनेर बाचेको छ बर्तमान। जिर्ण शरिर, कुरुप फोहोरी रुप देखेर बासमा परिणत भै हागा पलाएर पात हाल्न थालेपछि आज याद आयो। अब बिशाल आकास हेरेर दिन बिताउनु छ। अब आमा सन्तानको मायामा आसु नबगाउनु, जिबनको उत्तरार्धमा आउदै गर्दाखेरि अब सबै जिम्मेबारी सन्तानको भरमा छाड्नु।

चिसो झुपडीमा खुशीको दीप को ले जलाउनु?
अब एक्लै जीउनु पर्छ, आफ्नो ब्यथा आफै सिउनु पर्छ!
हररात तिम्रा सपना यसरी नै ढलिरहे!
हरदिन तिम्रा आशाहरु यसरी नै बलिरह !!
त्यसैले त म भन्छु, आमा! तिमी कति भाग्यमानी ।

सागर बिष्ट
मेलौली नगरपालिका-०८ कोटिगाउ, गैरी बैतडी।

1 Comment
  1. सागर बिष्ट says

    Thank you so much

Leave A Reply

Your email address will not be published.