बझाङमा बसले ठक्कर दिदा एक बालकको ज्यान गयो

बझाङ- बझाङमा बसको ठक्करबाट तीन वर्षीय बालकको ज्यान गएको छ । जिल्लाको जयथृथ्वी नगरपालिका वडा नम्बर ९ मा पवनदुत यातायातको सु।प।प्र। ०२–००१ ख १११९ नम्बरको बसको ठक्करबाट तीन वर्षीय सर्गम बोहराको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार तीन वर्षीय बालक बोहरालाई शनिवार सुर्मा गाउँपालिका वडा नम्बर ३ का धनबहादुर बोहराका छोराको बसको ठक्करबाट ज्यान गएको हो ।

पीडित परिवार तथा आफन्तहरूले बस चालकलाई कारबाही गर्नुपर्ने तथा मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.