तिमिलाई भेटेपछि मुहार खुसीले भरिन्छ ।
छुट्टिएर हिँड्दा यो जिन्दगी अलमलमा पर्छ ।।
फर्केर आउँछौ कि मलाई भेट्न भनेर ।
देख्या भए बोलाउँथे इसारा गरेर ।।
सारा दुनियाँ भुलेर खुसीमा रमाएका थियौ ।
छातीभित्र खालि ठाउँमा बस्न आएकी रहेछौ ।।
नदी बगेको छ तल तल भिरको बाटो ।
मैले सुन्नै पर्ने हुन्छ तिम्रो कुरो ।।
कसले बाटो छेक्यो मेरो कसैलाई पठाएकी छौकि ।
रोकिएर बाटोमा बस्दा तिमिलाई देख्छु कि ।।
आकाशमा कालो बादल मेघ गर्जिँदै थियो ।
यो दिलले तिम्रो सम्झनामा गरेर बोलाएको थियो ।।
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा दिपायल ,डोटी