देवि देवताका देउडाहरु…

माल गयो ओ हजुरौ, मल्ला गाउँको परी ।।
काँशीमा उबजी गया, जम्माई देवता भरी ।।

भाणा धोया कठै लाणी, अन्तरमा खाया ।।
काँशीवाट कठै हजुर, ब्रम्ह कुण्ड आया ।।

पारिवटा पखानमा , बल्ल कै का फऱ्या ।।
ब्रम्ह कुण्ड बटेई हजुर, परशुराम झऱ्या ।।

थैली गण्या ओ हजुरौ, रुप्या भया सया ।।
परशुराम है कठै हजुर, गलौटमा आया ।।

कम्पनीको भाउ मरियो रुप्या नोट पाया ।।
गलौट है मेरा हजुर, गाउँघरमा आया ।।

बल्ल लेयौ कठै हजुर, मटेलाकी भुरी ।।
भागेश्वर निसी गया, सिख्खरकी धुरी ।।

रुप्या पाया मेरा हजुर, हालन्छु बगस ।।
गंगेश्वर च्याहान बस्या, धन्नका सगस ।।

कपडा लाया कठै हजुर, उकाल्लाकी छाता ।।
कानाकोट का धुरा गईन, डागेश्वरी माता ।।

कामीको पिटऱ्या के हो, पितलीया घन ।।
खिरेश्वर रे भुमिराज , हाम्रै गाउँमा छन ।।

माछा मऱ्या मेरा हजुर, अनाली गाणमै ।।
डुणेश्वर बस्पा हजुर, पिपली झाणमै ।।

जुता राम्रा कठै हजुर, मदेशी चामका ।।
कैलपाल जीउहरू, सबैका नामका ।।

गाई फोई गौनौनी लाया, बल्ल लाया बन ।।
पौं पिजास जीउहरु , हाम्रै गाउँमा छन ।।

जीब गयो धनगढी तिर, मोटर गयो गरखा ।।
पहाडैका मानिसहरु, देवताइका भरका ।।

जाणी भइछ कठै लाणी, पिछाउणी भाग्दाले ।।
देवीदेवता दबी गया, जुँगका लाग्दाले ।।

हराइगयो कठै लाणी, कम्पनीको बालो ।।
आबै आउँछ ओ हजुरौ, देवताईको पालो ।।

घर आया कठै लाणी, बोगटाका साई ।।
काँब गया देविदेवता, काँब गया भाई ।।

बम्बै गयो मेरा हजुर, मटेलाको परी ।।
जुँग जुँग बण्या कठै,जम्माई देवता भरी ।।

रचना : श्री मोहन सिंह खडका वर्ष ७९
ठेगाना:अजयमेरु गाउँपालिका वडा नं। ५ गाल, डडेल्धुरा।

Leave A Reply

Your email address will not be published.